News and Events
H.P.V Vaccine Program on 2081-10-23


राष्ट्रिय खोप अभियान कार्यक्रम-२०८१ अन्तर्गत हाम्रो विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत सम्पूर्ण छात्राहरुलाई पाठेघर मुखको क्यान्सर गराउने Human Papilloma Virus विरुद्धको HPV खोप तथा परामर्श सेवा उपलब्ध गराउनु भएकोमा रुरुक्षेत्र गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्री इन्द्रदेव पौड्याल, बलेटक्सार स्वस्थ्य चौकी प्रमुख श्री पशुपति कँडेल र उहाँको टिमलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
Read More
BLE 2081 Result of Rainbow


रुरुक्षेत्र गाउँपालिका,शिक्षा,युवा तथा खेलकुद शाखाले संचालन गरेको कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा-२०८१(BLE) मा यस विद्यालयकी छात्रा विप ासा ज्ञवाली गाउँपालिका प्रथम र सविन ज्ञवाली गाउँपालिका तृतीय हुन सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु। साथै, सहभागी ३५ जना विद्यार्थीहरु सबै उत्तीर्ण (100% Passed)हुन सफल भएकोमा सम्पूर्ण विद्यार्थी भाई-बहिनीहरुलाई बधाई प्रकट गर्दै भविष्यमा थप यस्तै सफलताको शुभकामना प्रकट गर्दछु। साथै, यो गौरवमय नतिजा प्राप्त गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा योगदान गर्नुहुने सम्पूर्ण अभिभावक, शिक्षक ज्यूहरु प्रति आभार प्रकट गर्दछु।
Read More
शैक्षिक सत्र २०८१ को वार्षिक नतिजा प्रकाशन, पुरस्कार वितरण,


शैक्षिक सत्र २०८१ को वार्षिक नतिजा प्रकाशन, पुरस्कार वितरण, शैक्षिकसत्र २०८२ को क्यालेन्डर विमोचन तथा अभिभावक दिवसको अवसरमा लिइएका तस्बिरहरू ।
धन्यवाद :-
• प्रमुख अतिथि - थानेश्वर घिमिरे (प्रमुख,शिक्षा विकास तथा समन्वय इकाई,गुल्मी)
• विशिष्ट अतिथि-
१.राजकुमारी साही(कार्यपालिका सदस्य रुरुक्षेत्र गा.पा.)
२.रामप्रसाद पन्थी(प्रा.स. शिक्षा विकास तथा समन्वय इकाई,गुल्मी)
३.चक्रपाणी गौतम (समाजसेवी तथा शैक्षिक व्याक्तित्व)
४.ओम टण्डन(अध्यक्ष, N-PABSON,Gulmi)
लगायत सम्पूर्ण अतिथि,अभिभावक, शिक्षक तथा विद्यार्थीहरु।
Read More
Health Camp


आज मिति २०८२-२-१२ गतेका दिन हाम्रो विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको मुटु रोग विशेषज्ञ डाक्टर श्री सुमन्त बन्जाडे र उहाँको टिमबाट मुट ु रोग सम्बन्धि Screening कार्य संचालन भएको थियो। यो कार्यक्रमको आयोजना गर्नुभएकोमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मी र रुरुक्षेत्र गाउँपालिकालाई हार्दिक आभार प्रकट गर्दछौं ।
Read More
Welcome Program


शैक्षिक सत्र २०८२ मा नयाँ भर्ना हुनु भएका सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयमा स्वागत तथा सम्बन्धित अभिभावक र विद्यालय बीच परिचयात्मक कार्यक् रम ।
Read More
श्रीपञ्चमी तथा अक्षरारम्भ कार्यक्रम-२०८१


श्रीपञ्चमी तथा अक्षरारम्भ कार्यक्रम-२०८१ आजको दिनदेखि आफ्नो शैक्षिक यात्रा आरम्भ गर्नुहुने सम्पूर्ण मुनाहरुलाई सफल र उज्ज्वल भविष्यको शुभकामना ।
Read More
एकदिने शैक्षिक भ्रमण


कक्षा १ देखि कक्षा ८ सम्म संचालनमा रहेको स्थानिय विषय "रुरुक्षेत्र,कृषि, पर्यटन र संस्कृति " मा आधारित एकदिने शैक्षिक भ्रमण अन्तर् गत कक्षा ७ र कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुबाट रुरुक्षेत्र गाउँपालिकाको सुन्दर, पर्यटकीय तथा धार्मिक स्थान बम्घाकोट तथा Tree House को स्थलगत अवलोकन कार्य सम्पन्न भयो। आशा छ विषयवस्तुमा आधारित अवलोकन भ्रमणले विद्यार्थीहरुको सिकाइलाई दिगो र प्रगाढ बनाउन सहयोग गर्नेछ ।
Read More